मनिषा कोईरालाको डिभोर्स; दुई बर्षे बैबाहिक जीवनमा पूर्णविराम !

अभिनेत्री मनिषा कोईरालाले आफ्नो दुई बर्षे बैबाहिक जीवनलाई पूर्णविराम लगाएको भारतिय अनलाईनहरूले जनाएका छन् । भारतिय अनलाईन टाईम्स अफ इन्डिय, बलिउड हङ्गामा लगायतका अनलाईनले बैबाहिक जीवनमा टकराव आएपछि मनिषाले डिभोर्सको बाटो रोजेको बताएको छ । दुई बर्ष अघि आफू भन्दा ६ बर्ष कम उमेरका नेपाली व्यवसायी सम्राट दाहालसँग नेपालमा नै धुमधामसँग बिहे गरेकी अभिनेत्री मनिषाले बेला-बेला आफ्नो बैबाहिक जीवनको तिक्ततालाई फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमा पोख्दै आएका थिईन् । अहिले मनिषाले डिभोर्सको कुरा सार्वजनिक गरिसकेकी छैनन् तर उनको निकट साथीले बैबाहिक जीवन अब सकिएको खबर दिएको...

आउँदो शुक्रबारदेखि मुलुकभर मालतीले भट्टी पसल खोल्ने

आउँदो शुक्रबारदेखि मुलुकभर मालतीले भट्टी पसल खोल्ने भएकी छन् । मालती पनि अरु कोही नभएर रेखा थापा हुनेछिन् । उनको प्रमुख भूमिका रहेको फिल्म 'मालतीको भट्टी' असार २९ देखि उपत्यका सहित मुलुकका झन्डै ५५ स्टेसनमा लाग्ने भएको हो । पारिवारिक सम्बन्धमा खटपट भएपछि भट्टीवाल्नीको सम्पर्कमा पुग्ने एक युवकको भूमिकामा जीवन लुइँटेल छन् । उनकी पत्नीको रूपमा नन्दिता लुइँटेलले अभिनय गरेकी छन् । गणेशदेव पाण्डे निर्देशित फिल्ममा अयुब केसी, सुनील थापा, उत्तम केसी, लक्ष्मी गिरी, सीपी पौडेल, आरपी भट्टराई लगायतको पनि अभिनय छ । कथा पाण्डेले नै लेखेका हुन्।फिल्मको...

नायीका जेसिका खड्काले आफ्नो निवासमा आत्महत्या गरिन

हिरोइन जेसिका खड्काले आत्महत्या गरेकी छिन् । बसन्तपुरमा रहेको आफ्नो निवासमा उनी पासो लगाएको अवस्थामा भेटिएकी हुन । ईटहरीकी उनी नवल खड्काको फिल्म आवाज मार्फत फिल्मी दुनियामा प्रवेश गरेकी हुन । उनले आवाज पछि जंगल क्वीन, अचानक, मेरो माया तिमिलाई,  जंगल लभ, लक्की सेभेन र भर्खरै छायाकंन सकिएको गहिराई भन्ने फिल्ममा खेलेकी थिईन् । उनको ओर्जिनल नाम ज्योति हो । जो प्रकाश ओझ भिडियो काण्डमा मुछिएकी एक पात्र हुन । यस्तै घटना स्थलमा पुगेका फिल्मीखबरका प्रधानसम्पादक सुमन गैरेले राति साढे १२ बजेको समय सम्म  जेसिकाको फोन कल रेकर्ड देखिएको घटना स्थलमा...

निर्माता छविराज ओझाले नायिका रेखा थापालाई छोडे

निर्माता छविराज ओझाले नायिका रेखा थापालाई छोडेका छन् । पारपाचुकेको हल्ला चलिरहेका बेला निर्माता छविराज ओझाले आफ्नी पत्नीको नाममा रहेका रेखा फिल्मस् नामको व्यानर र पत्नी रेखा थापालाई नै छाडेर नयाँ चलचित्र बनाउने भएका छन् ।निर्माता ओझाले रेखा फिल्म र रेखालाई छोड्न कै लागि छविराज प्रोडक्सन नामको फिल्म निर्माण कम्पनी दर्ता गरेका छन् । छविराज ओझाले छिट्टै बनाउन लागेको चलचित्रमा रेखा थापालाई समावेश नगर्ने भएका हुन् । चलचित्रका नामको न्वारन भैं नसके पनि निर्देशकमा सविर श्रेष्ठलाई ओझाले चयन गरेका छन् । तर यो चलचित्रमा पत्नी रेखालाई नराखेपछि छविले अर्की रेखालाई भने समावेश...

नायिका युना उप्रेतीले अमेरिकामा कोर्ट म्यारिजबाट दोस्रो बिहे

नेपाली चलचित्रकी नायीका युना उप्रेती सांस्क्रितिक कार्यक्रममा सहभागी हुने बहानामा केहि महिना अगाडी अमेरिका गएकी थिइन् ।युना अमेरिका प्रस्थान गरे लगत्तै उनको बिहे हुने हल्ला चलिसकेको थियो। अमेरिका पुगेर उतै बस्दै आएकी नायिका युना उप्रेतीले गत आइतबार बिहे पनि गरेकी छिन्। युनाले नायिका जल शाहकी जेठानीको भाइ विकास अधिकारी संग  बिहे गरेकी हुन्। यी दुईबीच नेपाल र अमेरिकबाट अनलाइन मार्फत गफगाफ भए पनि भेटघाट भने उतै मात्र भएको हो। अमेरिका पुगेपछि अनलाइनमा गफगाफ गरेको साथी खोज्दै युनाले विकासलाई भेटेकी थिइन्। भेटघाट गहिरो हुँदै एकअर्काको विचार र भावना मिलेपछि...

चलचित्र "तुलसी" नेपालमा ज्योतिषको सल्लाह अनुसार चल्ने

नायिका क्रृचा घिमिरेको निर्माण तथा उनकै पति शंकर घिमिरेले निर्देशन गरेको चलचित्र तुलसी नेपालमा ज्योतिषको सल्लाह अनुसार नै चल्ने भएको छ । यो सिनेमा चलाउने विषयमा शंकर अहिले ज्योतिषसँग सल्लाह पनि गरिरहेका छन् । उनले वनाएका अघिल्ला तिन चलचित्रले व्यापारीक रुपमा खासै सफलता प्राप्त गर्न नसकेकाले पनि शंकरका लागि तुलसी महत्वकाँक्षी चलचित्रको रुपमा रहेको छ । उनले भने, सम्भवत साउन महिनातिर यो सिनेमाका लागि समय मिल्छ होला ।यसैवीच, नेपालमा चल्नु अघि यो सिनेमा विश्वका विभिन्न २० देशमा चल्ने लगभग पक्का भइसकेको जानकारी प्राप्त भएको छ । निर्देशक घिमिरेले...

Namastesansarfilmykhabar © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute