नायीका जेसिका खड्काले आफ्नो निवासमा आत्महत्या गरिन

हिरोइन जेसिका खड्काले आत्महत्या गरेकी छिन् । बसन्तपुरमा रहेको आफ्नो निवासमा उनी पासो लगाएको अवस्थामा भेटिएकी हुन । ईटहरीकी उनी नवल खड्काको फिल्म आवाज मार्फत फिल्मी दुनियामा प्रवेश गरेकी हुन । उनले आवाज पछि जंगल क्वीन, अचानक, मेरो माया तिमिलाई,  जंगल लभ, लक्की सेभेन र भर्खरै छायाकंन सकिएको गहिराई भन्ने फिल्ममा खेलेकी थिईन् । उनको ओर्जिनल नाम ज्योति हो । जो प्रकाश ओझ भिडियो काण्डमा मुछिएकी एक पात्र हुन । यस्तै घटना स्थलमा पुगेका फिल्मीखबरका प्रधानसम्पादक सुमन गैरेले राति साढे १२ बजेको समय सम्म  जेसिकाको फोन कल रेकर्ड देखिएको घटना स्थलमा...


रहेका  प्रहरीको भनाई उदृत गर्दै जानकारी गराएका छन् ।  दोस्रो तल्लामा डेरा गरी बस्ने २३ बर्षे जेसिकाले सलले पासो लगाएकी हुन । 
जेसिकाको साथमा उनको प्रेमी र भाई रहेका छन् । भाई सानो भएको कारण प्रहरीले केही घण्टा लाश बुझेको थिएन तर 'अचानक' भन्ने फिल्मका प्रोड्यूसर सरोज शर्मा घटना स्थलमा आएपछी प्रहरीले बिहान १० बजे पोष्ट मार्टमका लागि  लाश बुझेको छ ।  पोष्टमार्टम टिचिङ हस्पिटल  महारागंजमा गरिने छ । जेसिकाको बुवा दिउँसो २ बजे काठमाण्डू आउदैछन  त्यस पश्चात दाहसस्कारको कार्यक्रम गरिने बताईएको छ ।
बालदीप राई प्रहरीको नियन्त्रणमा  
प्रोडक्सन कन्ट्रोलर बालदीप राईसंग जेसिकाको अन्तिम कल रेकर्ड देखिएकाले प्रहरीले अनुसन्धानका लागि बालदीपलाई नियन्त्रणमा लिएको छ । अन्तिम कल रेकर्ड बालदीप संग भएको देखिएकाले आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो । स्रोत: फ्लिमी खबर  
Namastesansarfilmykhabar © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute