आउँदो शुक्रबारदेखि मुलुकभर मालतीले भट्टी पसल खोल्ने

आउँदो शुक्रबारदेखि मुलुकभर मालतीले भट्टी पसल खोल्ने भएकी छन् । मालती पनि अरु कोही नभएर रेखा थापा हुनेछिन् । उनको प्रमुख भूमिका रहेको फिल्म 'मालतीको भट्टी' असार २९ देखि उपत्यका सहित मुलुकका झन्डै ५५ स्टेसनमा लाग्ने भएको हो । पारिवारिक सम्बन्धमा खटपट भएपछि भट्टीवाल्नीको सम्पर्कमा पुग्ने एक युवकको भूमिकामा जीवन लुइँटेल छन् । उनकी पत्नीको रूपमा नन्दिता लुइँटेलले अभिनय गरेकी छन् । गणेशदेव पाण्डे निर्देशित फिल्ममा अयुब केसी, सुनील थापा, उत्तम केसी, लक्ष्मी गिरी, सीपी पौडेल, आरपी भट्टराई लगायतको पनि अभिनय छ । कथा पाण्डेले नै लेखेका हुन्।फिल्मको...


रिलिजबारे जानकारी दिन मगलबार आयोजित कार्यक्रममा जीवन र नन्दिता उपस्थित रहे पनि रेखा भने खुट्टामा लागेको चोटका कारण आउन नसकेको निर्माता प्रदीपकुमार उदयले जानकारी दिए । केहीअघि पोखरामा एउटा फिल्मको सुटिङका क्रममा रेखा लडेकी थिइन् । कार्यक्रममा उपस्थित युनिट सदस्यहरूले आ-आफ्नो ठाउँबाट उत्कृष्ट काम गरेकाले फिल्म राम्रो बनेको दाबी गरेका थिए ।
कालीप्रसाद बाँस्कोटाको संगीत रहेको फिल्ममा रेनेसा राईले कोरियोग्राफी सम्हालेकी छन् । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा सञ्जय लामाको छायांकन छ ।
Namastesansarfilmykhabar © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute