मनिषा कोईरालाको डिभोर्स; दुई बर्षे बैबाहिक जीवनमा पूर्णविराम !

अभिनेत्री मनिषा कोईरालाले आफ्नो दुई बर्षे बैबाहिक जीवनलाई पूर्णविराम लगाएको भारतिय अनलाईनहरूले जनाएका छन् । भारतिय अनलाईन टाईम्स अफ इन्डिय, बलिउड हङ्गामा लगायतका अनलाईनले बैबाहिक जीवनमा टकराव आएपछि मनिषाले डिभोर्सको बाटो रोजेको बताएको छ । दुई बर्ष अघि आफू भन्दा ६ बर्ष कम उमेरका नेपाली व्यवसायी सम्राट दाहालसँग नेपालमा नै धुमधामसँग बिहे गरेकी अभिनेत्री मनिषाले बेला-बेला आफ्नो बैबाहिक जीवनको तिक्ततालाई फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमा पोख्दै आएका थिईन् । अहिले मनिषाले डिभोर्सको कुरा सार्वजनिक गरिसकेकी छैनन् तर उनको निकट साथीले बैबाहिक जीवन अब सकिएको खबर दिएको...


अनलाईनमा उल्लेख छ । यस्तै अनलाईनका अनुसार डिभोर्सको प्रक्रिया अहिले कानुनी रूपमा अगाडी बढेको छ । मनिषाले डिभोर्स गर्नुलाई भने नौलो रूपले हेरिएको छैन । बिबाह भए लगत्तै धेरैले डिभोर्स हुनसक्ने अंकलन काटेका थिए ।

नेपाली फिल्म फेरि भेटौंला र धर्मामा अभिनय गरेकी मनिषाले नेपालमा रहेर नेपाली फिल्म बनाउने बताउँदै आएकी छिन् भने बिभिन्न सामाजिक कार्यमा संलग्न हुँदै आएका छिन् ।

मनिषाले बलिउडमा सौदागर फिल्मबाट अभिनय यात्रा शुरू गरेकी हुन् ।
Namastesansarfilmykhabar © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute