नायिका युना उप्रेतीले अमेरिकामा कोर्ट म्यारिजबाट दोस्रो बिहे

नेपाली चलचित्रकी नायीका युना उप्रेती सांस्क्रितिक कार्यक्रममा सहभागी हुने बहानामा केहि महिना अगाडी अमेरिका गएकी थिइन् ।युना अमेरिका प्रस्थान गरे लगत्तै उनको बिहे हुने हल्ला चलिसकेको थियो। अमेरिका पुगेर उतै बस्दै आएकी नायिका युना उप्रेतीले गत आइतबार बिहे पनि गरेकी छिन्। युनाले नायिका जल शाहकी जेठानीको भाइ विकास अधिकारी संग  बिहे गरेकी हुन्। यी दुईबीच नेपाल र अमेरिकबाट अनलाइन मार्फत गफगाफ भए पनि भेटघाट भने उतै मात्र भएको हो। अमेरिका पुगेपछि अनलाइनमा गफगाफ गरेको साथी खोज्दै युनाले विकासलाई भेटेकी थिइन्। भेटघाट गहिरो हुँदै एकअर्काको विचार र भावना मिलेपछि...


यो जोडी बिहेको निर्णमा पुगेका थिय। विकास तीन वर्षअगाडि पढाइको सिलसिलामा अमेरिका पुगेका थिए भने युना सांस्कृतिक कार्यक्रममा सहभागी हुन केही महिनाअगाडि मात्र त्यहा पुगेकी थिइन्। विकास अमेरीकामा पीएचडी गर्दै छन्। उनी टेक्सासमा जीव विज्ञानको अध्ययन गरिरहेका छन्। विकास र युनाले आ आफ्ना अभिभावकको अनुमति र सहमति पछि अमेरिकी समयअनुसार गत आइतबार टेक्सासमा कोर्ट म्यारिज गरेका हुन्। एकआपसमा औंठी र माला साटासाट गर्दै यो जोडी वैवाहिक बन्धनमा बाधिएको थियो।
बिहेपछि उनीहरू टेक्सासमा संगै बस्न थालेका छन्। विकासको काठमाडौंमा पर्यटनसम्बन्धी कलेज छ। सो कलेज उनका पिताले चलाइरहेका छन्। यो बिहे भएपछि नायिका जल शाह, संचिता, युना, नायक निखिल उप्रेती र हास्य अभिनेता निर्मल शर्मा नातेदार भएका छन्। नायिका जलकी सासू तथा संचिता र निर्मलकी आमा दिदीबहीनी हुन्। यस हिसाबले उनीहरू चलचित्र क्षेत्रमा भए पनि नातेदार बन्न पुगेका छन्। नायिका जलले पनि अमेमिका गएरै बिहे गरेकी थिइन्।
Namastesansarfilmykhabar © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute