चलचित्र "तुलसी" नेपालमा ज्योतिषको सल्लाह अनुसार चल्ने

नायिका क्रृचा घिमिरेको निर्माण तथा उनकै पति शंकर घिमिरेले निर्देशन गरेको चलचित्र तुलसी नेपालमा ज्योतिषको सल्लाह अनुसार नै चल्ने भएको छ । यो सिनेमा चलाउने विषयमा शंकर अहिले ज्योतिषसँग सल्लाह पनि गरिरहेका छन् । उनले वनाएका अघिल्ला तिन चलचित्रले व्यापारीक रुपमा खासै सफलता प्राप्त गर्न नसकेकाले पनि शंकरका लागि तुलसी महत्वकाँक्षी चलचित्रको रुपमा रहेको छ । उनले भने, सम्भवत साउन महिनातिर यो सिनेमाका लागि समय मिल्छ होला ।यसैवीच, नेपालमा चल्नु अघि यो सिनेमा विश्वका विभिन्न २० देशमा चल्ने लगभग पक्का भइसकेको जानकारी प्राप्त भएको छ । निर्देशक घिमिरेले...


दिएको जानकारी अनुसार यो सिनेमाको प्रदर्शन आरम्भ जुन महिनावाट आरम्भ हुनेछ । युरोपका विभिन्न १० देशगरी यो सिनेमा विश्वभरका २० देशमा चल्ने छ । यो चलचित्रको पि्रमियर वासिङटन डि.सीमा हुनेछ ।

यसका साथमा अमेरिकाका विभिन्न २५ देखि ३० शहरमा यो सिनेमा चल्ने भएको छ । यता, यो वाहेक यो चलचित्र अष्टे्रलिया, दोहा, हङकङ, जापाना, कोरिया, क्यानडा लगायतका देशमा पनि प्रदर्शन हुने निर्माण पक्षले वताएको छ । चलचित्र तुलसीमा नायिका क्रृचा घिमिरे शिर्ष भुमिकामा रहेकी छिन् ।

उनका साथमा चलचित्रमा विमलेश अधिकारीले पनि अभिनय गरेका छन् । चलचित्र तुलसी नारी प्रधान सिनेमा हो । विश्वका विभिन्न देशमा चलेर चलचित्र तुलसीले ओभरसिस विजनेश राम्रो गर्ने आशा देखिएको छ ।
Namastesansarfilmykhabar © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute