चलचित्र आई एम सरीले पूर्वका सिनेमा भवनहरुमा आक्रमक सफलता

माघ २७ बाट देशभरका हल मार्फत प्रदर्शनमा आएको चलचित्र आई एम सरीले पूर्वका सिनेमा भवनहरुमा आफ्नो आक्रमक कलेक्सनलाई निरन्तरता दिएको छ । पुर्वका ३ हल मार्फत रिलिज भएको चलचित्र सोमबारबाट बिर्तामोडको कृष्ण टाकिज र बिराटनगरको हिमालयन टाकिजबाट पनि प्रदर्शनमा आएको छ।कमै मात्र नेपाली सिनेमा प्रदर्शन हुने बिराटनगरमा आई एम सरीको डिमाण्ड बढेपछि हिन्दि चलचित्र उतारेर सो चलचित्र प्रदर्शनमा आएको हो ।  शुक्रबार र शनिबार राम्रो कलेक्सन गरेको चलचित्रको पिकअप र कलेक्सनको अनुपात हरेक दिन बढिरहेको रिपोर्टहरु प्राप्त भएको छ । बिशेषत चलचित्र हेरि सकेका दर्शकको...


माउथ पब्लिसिटी सकारात्मक रहेकोले पनि चलचित्र सफलताका साथ प्रदर्शन भैरहेको छ । मंगलबार भ्यालेन्टाईन डे परेकोले नि चलचित्रको ब्यापारमा केहि सहयोग अवश्य परेको छ । लभस्टोरी श्रेणीको चलचित्र हेर्नलाई मंगलबार बिदाको दिन नभए पनि सबै वर्गका दर्शकको भिड हलमा लागेको थियो । प्रेमीप्रेमिकाको जोडी मात्र नभएर अन्य युवायुवती, पाका दर्शक, बालबालिकाको उतिकै भिड पूर्वका हलहरुमा देख्न सकिन्थ्यो  ।

बिर्तामोडको कृष्ण टाकिजमा चलचित्र प्रदर्शन भएको पहिलो सोमै ३२ हजार माथि ग्रस कलेक्सन गरेको चलचित्रले मंगलबार सोहि हलमा १ लाख माथि ग्रस गरेको जानकारी चलचित्रका पुर्वान्चल वितरक चैतन्य बरालले गराए । चलचित्र प्रदर्शनमा आएको पाँचौ दिनमा समेत दमकको दमक चित्र मन्दिर र धरानको गणेश टाकिजको अधिकांश सोहरु हाउसफुलक साथ प्रदर्शन भैरहेका छन्  । हरेक दिन यी हलहरुमा चलचित्रको कलेक्सन ५० हजार माथि रहेको हल संचालकले जानकारी गराएका  । बिराटनगरमा पनि चलचित्र हेर्न दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो ।

यसअघि रिलिज भएको चलचित्र लूटको सफलतालाई आई एम सरीले निरन्तरता दिने अपेक्षा समेत यहाका हल संचालक एवं वितरकले गरेका छन्  । सुनसान प्राय भएको आफ्नो हललाई आई एम सरी हेर्न आइरहेका दर्शकले बेग्लै रौनकता प्रदान गरेको गणेश टाकिजका म्यनाजेर भोलामान श्रेष्ठले बताए । राम्रो कथामा उत्कृष्ट चलचित्र निर्माण गरे नेपाली चलचित्रको व्यापार उकालो लाग्ने अधिकांस हल संचालकको ठम्याई रहेको छ । आई एम सरीले राम्रो चलचित्रमा हुनु पर्ने सम्पूर्ण गुण बोकेकोले चलचित्र सफल भएको उनीहरु बताउछन् ।

चलचित्र हेरेर निस्केका दर्शकले समेत चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका छन्  । चलचित्र रिलिज भएकै दिन धरानको गणेश टाकिजमा चलचित्र हेरेको बताउदै इटहरीका बिष्णु राई भ्यालेन्टाईन डेमा फेरी चलचित्र हेर्न प्रेमिकासंग आएको बताउछन् । बिशेषत चलचित्रमा प्रयोग गरेका "किस्ता किस्तामा" भन्ने संबाद, कफी खाएको दृश्य, नायक आर्यन सिग्देलले केकीलाई हिमालसंग तुलना गर्दै सुन्दरताको प्रसंसा गरेको संबाद यतिबेला चलचित्र हेरेका हरेक दर्शकको मुखमा झुन्डिएको छ  । स्रोत: फिल्मी खबर 
Namastesansarfilmykhabar © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute