चलचित्र 'चपली हाईट' हेर्न बिशेष गरी महिला दर्शक बढि

नेपाली चलचित्र हेर्ने दर्शकले नयाँ स्वाद खोजेको लूट देखि चपली हाईट सम्म रिलिज भएका सिनेमाले प्रस्ट्याएको छ । खासगरी भन्नु पर्दा छाडा शब्दको प्रयोग र नाङ्गिएका सिनले दर्शकलाई हलसम्म तान्ने 'लूट' र 'चपली हाईट' ले देखाए । जसरी लूटले एक किसिमको आश जगाएको थियो त्यो भन्दा बढि चपली हाईटले देखाएको छ ।शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र 'चपली हाईट' हेर्न बिशेष गरी युवावर्गको भिड देखियो । लूट हेर्न महिला दर्शक शुरूमा कम देखिएको थियो तर चपली हाईट हेर्न भने महिला दर्शक बढि देखिएको छ । चलचित्रमा प्रयोग गरिएका डाईलग र सिन हेरेर जति पुरूष दर्शक हाँस्थे त्यो भन्दा बढि महिला दर्शक हाँसेको पाईयो...


। चलचित्र सेक्स साईकोलोजीमा बनेकाले पनि युवाहरूको भिड देखिएको हो । यहि भिड भोलीका दिनमा पनि बढ्दै जाने हो भने नेपाली चलचित्रले नयाँ धारमा ठूलै फड्को मार्ने देखिन्छ ।

आक्रमक ओपनिङ गरेको चपली हाईटले शनिबार शुक्रबारको दुई गुणा बढि कलेक्सन गर्‍यो । देशभरका करिब तीन दर्जन सिनेमा घरमा रिलिज भएको सो चलचित्रको कलेक्सन देखेर अहिले सारा उधोग हर्षित भएको छ । केहि महिना अगाडी सिनेमा घर हाउस फुल भएको देख्न मुस्किल परेको थियो तर आज भने देशभरका सिनेमा घर हाउसफूल रहे । राजधानीमा भन्दा राजधानी बाहिर दर्शकहरूको चाप बढि रहेको बितरक तथा हल सञ्चालकहरू बताउँछन् । लूट र चपली हाईटको कलेक्सन हेर्दा अबको नेपाली चलचित्रले लिने मोड डर लाग्दो हुने समिक्षकहरूको अनुमान छ ।हिन्दी सिनेमाले मात खुवाएको नेपाली सिनेमा बजारलाई अहिले नेपाली सिनेमाले नै मात खुवाएका छन् । हिन्दी र अंग्रेजी सिनेमाले राजधानीमा मुख्य मल्टिप्लेक्स हल दर्शकहरूले खचाखच हुन्थे तर अहिले बिदेशी सिनेमालाई नेपाली सिनेमाले रिप्लेस गरेर मल्टिप्लेक्स हलहरूका सबै शोहरू हाउसफूल भएका छन् । राजधानीमा सञ्चालित बिग सिनेमाले चपली हाईटलाई ९ शो दिएको छ भने क्यूएफएक्सले ११ शो दिएको छ जुन चलचित्रकर्मीका लागि पनि गौरवको कुरा हो । स्रोत: फिल्मी खबर
Namastesansarfilmykhabar © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute