'विजयपथ' एकसाथ नेपाल र भारतबाट प्रदर्शनमा आउने

बलिउडमा 'अग्निपथ' रिलिज भएकै दिन नेपालमा पनि 'विजयपथ' ले प्रदर्शन थाल्ने भएको छ । हृतिक रोशन अभिनित 'अग्निपथ' ले नेपालमा पनि एकसाथ रिलिज गर्दा पछिल्लो समय मुम्बईमा संघर्षरत नायक निखिल उप्रेतीको 'विजयपथ' ले पनि भारतका लगभग ४० स्टेसनसहित नेपालभरबाट प्रदर्शन थाल्ने बताएको छ । फिल्मका निर्माता तथा निर्देशक वसन्त निरौलाले सकभर एकसाथ नभए पनि केही दिनको फरकमा सिक्किम, दार्जिलिङ र भुटानका सीमावर्ती सहरमा पनि 'विजयपथ' लगाउनका लागि सेन्सर पास गरिसकिएको दाबी गरे । उनले फिल्म एक्सन प्रधान भएको बताउँदै राम्रो  व्यापार गर्नेमा आशावादी बन्दै... 


भने, 'हुन त हाम्रो फिल्मले त्यसै समय एकसाथ प्रदर्शनमा आउने अन्य नेपाली फिल्मसँग पनि प्रतिस्पर्धा गर्नुपर्नेछ ।' पत्रकारिताको विषयवस्तुमा बनेको फिल्मको नाम पनि एक प्रतिष्ठित पत्रिकाकै नामबाट राखिएको बताइएको छ । फिल्ममा निखिलसहित सुशील क्षेत्री, सञ्चिता लुइँटेल, पवित्रा आचार्य, दीपक त्रिपाठी, मिथिला शर्मा, गणेश उप्रेती, सरोज केसीको अभिनय रहेको छ । 

वसन्त सापकोटा र सन्तोष प्रगाढको संगीत रहेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व, कमल राई र गोविन्द राईको नृत्य निर्देशन र शिव ढकालको छायांकन रहेको छ । गीतहरू अन्जु पन्त, राजेशपायल राई, माण्डवी त्रिपाठी, सन्तोष राई र शरु पराजुलीले गाएका छन् ।
Namastesansarfilmykhabar © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute