नेपालमा फागुन ५ (फेब्रुअरी १७ तारिख) का दिन रिलिज हुन लागेको चलचित्र "मिस यू" को ग्लोबल मार्केटमा डिमाण्ड बढ्दै गईरहेको निर्देशक सुरेश दर्पण पोखरेलले बताए । कतारको दोहा स्थित दोहा सिनेमा हलमा फेब्रुअरी १० तारिखका दिन पहिलो स्क्रिनिङ गर्न लागिएको सो चलचित्र अष्ट्रेलियामा फेब्रुअरी १४ तारिखका दिन स्क्रिनिङ गरिने पोखरेलले जानकारी गराए । यस्तै डेनमार्कमा पनि फेब्रुअरी महिनामा नै रिलिज गर्न लागिएको बताउँदै पोखरेलले युरोपका करिब एक दर्जन देशमा चलचित्र रिलिज हुने बताए । अन्य देशमा पनि रिलिजका लागि कुरा भईरहेको उनको भनाई थियो । चलचित्रको पोस्टर देखि प्रोमो र गीत सार्वजनिक...
भएपछि डिमाण्ड बढेको चलचित्रका निर्देशक सुरेश दर्पण पोखरेल बताउँछन् । उनी भन्छन्, 'जब हामीले चलचित्रका पब्लिसिटी म्याट्रियल रिलिज गर्दै गयौं त्यसपछि डिमान्ड पनि बढ्दै गएको हो ।' यसरी डिमाण्ड बढ्दै गएपछि चलचित्रका निर्माता समेत रहेका नायक दिलिप रायमाझी निकै दंगिएका छन् ।
भएपछि डिमाण्ड बढेको चलचित्रका निर्देशक सुरेश दर्पण पोखरेल बताउँछन् । उनी भन्छन्, 'जब हामीले चलचित्रका पब्लिसिटी म्याट्रियल रिलिज गर्दै गयौं त्यसपछि डिमान्ड पनि बढ्दै गएको हो ।' यसरी डिमाण्ड बढ्दै गएपछि चलचित्रका निर्माता समेत रहेका नायक दिलिप रायमाझी निकै दंगिएका छन् ।
बिदेशमा चलचित्र रिलिज हुने थाहा पाए पछि दर्शकहरू निकै एक्साईटेड भएको 'मिस यू' चलचित्रका युरोप निर्माता तथा बितरक देबु श्रेष्ठ बताउँछन् । यता कतारमा पहिलो पटक 'मिस यू' रिलिज हुन लागेको थाहा पाएपछि कतारका नेपाली दर्शकहरूले सामाजिक सञ्जालमा 'मिस यू' को प्रतिक्षामा रहेको र हेर्न निकै आतुर रहेको उल्लेख गरेका छन् । अहिले 'मिस यू' को बारेमा फेसबुकका वालहरू भरिन शुरू गरेका छन् भने चलचित्रका गीतहरू यु ट्यूबमा हजारौंको संख्यामा डाउनलोड भईसकेका छन् ।
नम्रता श्रेष्ठ, दिलिप रायमाझी र बरूण राणाको मुख्य अभिनय रहेको चलचित्र 'मिस यू' मा किचमान चित्रकार र बाबु बोगटीको संगीत रहेको छ । मलेशियमा छायाँकन गरिएको सो चलचित्रलाई धिरज जंग शाह र राजुबिक्रम थापाले खिचेका हुन् । चलचित्रका लेखक सुरज सुब्बा 'नाल्बो' हुन् ।


















Nepalese Rupee Converter
