संभावना वोकेका नायिका खासै कोही पनि देखिएको छैन

नेपाली सिनेक्षेत्रमा नवनायिकाको आगमन निरन्तर भएपनि सम्भावना बोकेका नायिकाको भने अभाव देखिएको छ । चलनचल्तिका नायिकामा रेखा थापा र झरना थापाकै बर्चस्व भएपनि यि दुईको भन्दा अन्य विकल्पमा कोही पनि नायिका आउन सकेको देखिन्न । निरन्तर रुपमा बनेका सिनेमामा रेखा र झरना बाहेक अन्य नायिकाको उपस्थिति खासै संभावनायुक्त देखिएको छैन । अर्कोतिर नायिकाहरु अरुणिमा लम्साल, सञ्चिता लुईंटेल आमा भएर आराम गरिरहनु, नायिका ऋचा घिमिरे पनि आमा बन्ने तरखरमा रहेपछि नायिकाहरुको अभाव समेत देखिन थालेको छ, सिने क्षेत्रमा । फरक धारमा सिनेमा खेल्ने भनिएका निशा...

 अधिकारी, नम्रता श्रेष्ठ, ऋचा शर्माले पनि खासै केही कमाल मच्चाउन सकेका छैनन्, नेपाली चलचित्रको वजारमा ।यि बाहेक मुलधारका सिनेमा नै पच्छाईरहेका नायिकाहरुको उपस्थिति अभाव भर्न बाहेक अन्य केहीका लागि पनि देखिदैन ।

नायिका सुमिना घिमिरे, ऋचा सिंह ठकुरी, सौजन्य सुब्बा, सोनिया के.सी., जिया के.सी., युना उप्रेती सबै चल्नु भन्दा पनि चलचित्रमा अनुहार देखाउनमा मात्र सीमित रहेका छन् । यसले पनि नेपाली सिने क्षेत्रमा थापाद्वयकै एकलौटी बर्चस्व देखिएको छ । यि दुईलाई छोडेर अन्य कोही नायिका लिनुपर्दा निर्माताको दिमागमा खासै कुनै नाम फुर्न सकिरहेको छैन । यसले पनि सिनेमा क्षेत्रमा नवनायिका तथा केही नायिकाहरुको उपस्थिती खासै उल्लेखनीय छैन । अधिकांश नायिकाहरु स्तरीय सिनेमामा अभिनय गर्न भन्दा पनि जस्ता सिनेमामा पनि अभिनय गरेर आफ्नो उपस्थिति रहेको देखाउन मात्र खोजिरहेका छन् । 


यसले गर्दा पनि निर्माता तथा निर्देशक नायिकाको नाम लिएर सिनेमा चल्ने कुरामा ढुक्क हुने अवस्थामा छैनन् । धेरै सिनेमा खेलेर राम्रो कलाकार भईन्छ भन्ने सोचले गर्दा पनि नायिकाहरुलाई अग्रस्थानमा ल्याउन सकेको छैन । यसकारण पनि नेपाली सिनेमा क्षेत्रमा नायिकाको अभाव देखिएको छ भने संभावना वोकेका नायिका खासै कोही पनि देखिएको छैन । यसवारेमा, चल्न नसकेका र यो क्षेत्रमा आउने सोच बोकेका नायिकाहरुले बेलैमा सोच्नुपर्छ । --- साभार : अनलाइन खबर
Namastesansarfilmykhabar © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute