आगामी पुस २९ गते दुई नयाँ चलचित्र एकै साथ प्रदर्शन हुने

आगामी पुस २९ गते दुई नयाँ चलचित्र एकै साथ प्रदर्शन हुने भएका छन्। देशव्यापी प्रदर्शन हुने यी दुई चलचित्र हुन् 'सडक' र 'लुट'। प्रदीप  श्रेष्ठद्वारा निर्देशित 'सडक' मा रेखा थापा, आयुष रिजाल, अयुब केसी, सुमिना घिमिरे, सुनिलदत्त पाण्डे, हेमन्त बुढाथोकी आदि कलाकारले  मुख्य भूमिका निर्वाह गरेका छन्। हरि बराल प्रस्तुतकर्ता रहेको यो चलचित्र विन्देश्वरी सिने आर्टको ब्यानरमा निर्माण गरिएको हो। चलचित्रमा  चेतन सापकोटाको संगीत निर्देश्ान छ। यसैगरी सोही दिन प्रदर्शन हुने अर्को चलचित्र 'लुट' का निर्देश्ाक निश्चल बस्नेत हुन्। नगेन्द्र महर्जन  तथा माधव वाग्लेद्वारा निर्मित यो चलचित्रमा कर्मा, सौगात मल्ल, दयाहाङ राई...


ऋचा शर्मा, सिर्जना सुब्बा, सुशीलराज पाण्डे, प्रतिकराज  पाण्डे आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन्। रोशन थापाद्वारा संगीतबद्ध यो चलचित्र पि्रन्सेस मुभिज तथा ब्ल्याक हर्स पिक्चर्सको  ब्यानरमा निर्माण गरिएको हो। चलचित्रमा योगेन्द्र श्रेष्ठको द्वन्द्व तथा गम्भीर विष्टको नृत्य निर्देशान् छ। 

अर्को साता द गेम 
चलचित्र सम्पादकबाट निर्देशक बनेकी रक्षा सिंह राणाद्वारा निर्देशित पहिलो चलचित्र  'द गेम' को देशव्यापी प्रदर्शन आगामी शुक्रबार -पुस ८  गते) देखि  प्रारम्भ हुने भएको छ। चलचित्र सम्पादनमा करिब १२ वर्ष बिताएकी रक्षाले 'द गेम' मा सुमन सिंह, निरुता सिंह, झरना थापा  तथा आफ्नै श्रीमान् बालनरसिंह राणालाई मुख्य भूमिकामा प्रस्तुत गरेकी छिन्। मानिसले स्वार्थका लागि कतिसम्म गेम खेल्न सक्छ भन्ने  कथालाई मुख्य विषय बनाइएको यो चलचित्रमा राजुविक्रम थापाको छायांकन छ भने आलोकश्री यसका संगीतकार हुन्।
Namastesansarfilmykhabar © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute