नेपाली चलचित्रका दुई नायिकाले एकसाथ सन्यास लिने घोषणा

चलचित्र क्षेत्रमा आएको लामो समयम्म काम गरेपछि र लोकपि्रयताका हासील गरेपछि कलाकारहरु सन्यास लिने गर्दछन् । तर, पछिल्ला दुई दिनमा दुई नायिकाले एकसाथ सन्यास लिने घोषणा गरेपछि यसले धेरै प्रश्न उब्जाएको छ । नायिका सुमिना घिमीरेले आफ्नो पछिल्लो चलचित्र रङमा अभिनय गरेसगै चलचित्र नखेल्ने भन्दै सन्यास लिने घोषणा गरीन् । चलचित्र क्षेत्रमा हुने विभीन्न विकृती र विसंगीतले गर्दा पारिवारीक दवाव आएपछि सुमिनाले सन्यास लिएको वुझिएको छ ।केही दिन अघि मात्र एक साप्ताहीक पत्रीकामा सुमिना र एक निर्देशकको विषयमा समाचार आएको थियो । यसले, सुमिनालाई तनावमा समेत पारेको वुझिएको छ सुमिनाको...


केही महिना अघि पनि विवाह भैसकेका समाचार आएका थिए । यि समाचारले आफुलाई दुखित वनाएको भन्दै सुमिनाले परिवारसगको सल्लाहले सन्यास लिने घोषणा गरेकी थिईन् । चलचित्र दुलहीवाट नेपाली सिनेमा क्षेत्रमा देखिएकी सुमिनाले सिनेमा प्रदर्शन हुनु भन्दा अघि नै आधादर्जन सिनेमा खेलीसकेकी थिईन् । सुमिनाले सन्यास लिएको भोलीपल्टै अर्की नायिका अनुष्का ढकालले पनि सन्यासको घोषणा गरेकी छिन् । चलचित्र मजवुरवाट नेपाली सिनेमा क्षेत्रमा आएकी अनुष्काले सन्त्रास र प्लानमा अभिनय गरेकी थिईन् । 

वुधवार काठमाण्डौको एक स्टुडियोमा प्लानको डविङ सकीएपछि अनुष्काले अव आफुले कुनै पनि चलचित्र र म्युजिक भिडियो नखेल्ने घोषणा गरेकी छिन् । सन्यास लिनुको कारण खोल्दै अनुष्काले भनिन्, चलचित्रमा भविष्य देखिन मैले । अभिनय गर्यो पारीश्रमीक पाईदैन, सिनेमामा काम गर्दा धेरै कुरामा संझौता गनुपर्छ । चलचित्रमा निशुल्क काम गरीदिनुपर्ने जस्ता कारणले मलाई यो क्षेत्रवाट नै टाढा जान मन लागेको हो, उनले निराशा मुद्रामा प्रतिक्रिया दिईन् । उनी अव आफ्नो पढाईलाई नै अगाडि वढाएर व्यवसाय गर्ने सोचमा छिन् ।

अनुष्काले केही महिना अघि मात्र काठमाण्डौको जोरपाटीमा व्यृटि पार्लर खोलेकी थिईन् । अव व्युटि पार्लर र पढाईमा सक्रिय हुन्छु, अनुष्काले वताईन् । अनुष्का हाल स्नातक पहिलो वर्षमा व्यवस्थापन संकायमा अध्ययनरत छिन् । यसरी, निरन्तर नायिकाहरुले सन्यास लिनुलाई अर्थपुर्ण तरीकावाट हेर्न सकिन्छ । किनकी, नायिकाहरुको विषयमा आउने विभीन्न किसीमका समाचारले पनि नेपाली सिनेमा क्षेत्रमा युवतीहरुको आकर्षण वढ्न सकेको छैन । यसमा पनि उदाउदै गरेका यि दुई नायिकाको सन्यासले राम्रो सन्देश पक्कै पनि दिदैन । स्रोत: अनलाइन खबर 
Namastesansarfilmykhabar © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute