चलचित्र 'पर्खि राख है' को होर्डिङ बोर्डबाट अन्य कलाकार असन्तुष्ट

मंसिर १६ गतेबाट देशभरका हलमा चल्न लागेको चलचित्र 'पर्खि राख है' को प्रचारप्रसारलाई निकै तिब्र पारिएको छ । हरेक टेलिभिजन देखि पत्रपत्रिका, अनलाईन तथा एफएमहरूमा सो चलचित्रका बारेमा जानकारी गराई राखिएको छ । त्यति मात्र हैन शहरमा चोकचोकमा चलचित्रको होर्डिङ बोर्ड समेत राखिएको छ ।चलचित्रको प्रचारप्रसारका लागि गतिलो माध्यमको रूपमा होर्डिङ बोर्डलाई लिने गरिन्छ । सायद यहि भएर पनि होला निर्माता नायक दिल श्रेष्ठले देशभरका मुख्य मुख्य शहरका चोक-चोकमा आफ्नो चलचित्र 'पर्खि राख है' को होर्डिङ बोर्ड राखेका छन् । उनले होर्डिङ बोर्ड त राखे तर आफ्नै अनुहार मात्र देखाएर... 


यसरी चलचित्रका निर्माता समेत रहेका नवनायक श्रेष्ठले आफ्नो एकल तस्विर रहेको होर्डिङ बोर्ड राख्दा अन्य कलाकार असन्तुष्ट देखिएका छन् ।

बाबुराम ढकालले निर्देशन गरेको सो चलचित्रमा सञ्चिता लुईटेल, मेलिना मानन्धर र मुकेश ढकालले पनि मुख्य भुमिका निर्वाह गरेका छन् तर उनीहरूको न फोटो छ न नाम नै । यसरी चलेका अनुहार बिना नै चलचित्रको होर्डिङ बोर्ड राख्दा कमेन्ट आउनु स्वाभाविक नै हो । हुनत नायक श्रेष्ठ आफू नै निर्माता भएका कारणले आफू बढि चर्चामा आउन अन्य कलाकारलाई ओझेल पार्न खोजेको हुन सक्छ । तर उनले बुझ्नु पर्ने कुरा यो छ कि चलचित्रको व्यवसायमा चलेका अनुहारको पनि ठूलै हात रहन्छ ।
चलचित्रमा दिदी र दाजुभाईबीचको प्रेमलाई मुख्य विषय बनाइएको छ । बाबुराम ढकाल र अच्युत अधिकारीको लेखन रहेको सो चलचित्रमा सुरेश अधिकारीको संगीत, हिमाल केसीको द्वन्द, वसन्त श्रेष्ठ, कविराज, शिव शर्माको नृत्य निर्देशन छ । चलचित्रको छायांकन बज्राचार्यले गरेका हुन् । स्रोत: फिल्मी खबर 
Namastesansarfilmykhabar © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute