शाहरूख खानको 'रा वन'नचलेपछी' म छु नि तिम्रो'

भारतीय स्टार शाहरूख खानको मेघा प्रोजेक्टको फिल्म 'रा वन' हेर्न दमक चलचित्र मन्दिरमा दर्शक नगएपछी सो फिल्म उतार्दै रोज राणाको चलचित्र 'म छु नि तिम्रो' लगाईएको छ ।दमकको पाथिभरा चलचित्र मन्दिरमा प्रदर्शनरत 'म छु नि तिम्रो' हेर्ने  दर्शकको अत्याधिक घुइचो बढेपछी पाथिभरा चलचित्र मन्दिरका सञ्चालक चैतन्य बरालले संगै रहेको दमक चलचित्र मन्दिरबाट 'रा वन' उतार्दै 'म छु नि तिम्रो' लगाएका हुन् । 'रा वन'  लक्ष्मी पूजाको दिन देखि प्रदर्शनमा आएको थियो तर 'म छु नि तिम्रो' हेर्ने  दर्शक अत्याधिक आएपछी आफूले बाध्य भएर रावन उतार्नु परेको बरालले जानकारी दिए ।दर्शकको फ्लो बढेपछी उनले दमक चलचित्र मन्दिरलाई ...


भाडामा लिएर 'म छु नि  तिम्रो'  रिलिज गरेका हुन् । यस्तै बरालले पछिल्लो ६ महिनाको अन्तरालमा तगडा सिनेमाको रूपमा 'म छु नि तिम्रो'  रिलिज भएकाले पनि दर्शकको क्रेज यसरी बढेको बताएका छन् । यस्तै उनले तीन दिनको ब्यापार पनि उत्साहजनक रहेको प्रतिक्रिया दिएका छन् । उनले भने 'यसरी फिल्म हेर्ने  दर्शक नआएको धेरै भएको थियो त्यसैले दैनिक एक लाखको भन्दा माथिको ब्यापार भएको छ जुन तारिफ योग्य छ  ।'  आयुष रिजाल, रोज राणा तथा सौजन्य सुब्बा अभिनित उक्त चलचित्र एक्सन प्रधान चलचित्र भएकाले पनि दर्शकको क्रेज बढेको प्रदर्शक बराल बताउछन् । 


यस्तै उता निर्माता समेत रहेका रोजले आफ्नो फिल्मले उत्साहजनक ब्यापार गरेको दावी गरेका छन् । 'अरुको सिनेमाको रिपोर्ट कसरी दिईयो मलाई थाहा छैन तर मेरो रिपोर्ट सत्य हो ।'  रोजले  फिल्मको विजनेस रिपोर्ट टिपाउदै भने । रोजको फिल्म संगै प्रदीप उदको फिल्म 'हाम्रो माया जुनी जुनीलाई' रिलिज भएको छ । जसको ब्यापार पनि उत्साहजन भएको खबरहरू प्राप्त भएका छन् ।

रोजका अनुसार शुक्रबारको रिपोर्ट छाडी आईतबार सम्ममा पोखराको विन्ध्यवासीनीबाट ३ लाख, नारयणघाटमा १ लाख १३ हजार, बुटवलबाट ७६ हजार, बाग्लुङबाट ४५ हजार, नेपालगञ्जबाट ६२ हजार, तुलसीपुरबाट ५७ हजार, पथरीबाट १ लाख १७ हजार र लालबन्दीबाट ९५ हजार कलेक्सन गरेको जानकारी दिएका छन् ।  'म छु नि तिम्रो' हाल राजधानी बाहिरका १७ वटा सिनेमा घरहरूमा मात्र प्रदर्शननरत छ । स्रोत: फिल्मी खबर 
Namastesansarfilmykhabar © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute