केही दिन देखि एउटा हल्लाले सिने उद्योग निकै ततातिरहेको छ । जुन हल्ला क्याफे देखि फिल्म स्टूडियो अनि हरेक फिल्मी जमघटमा गफ गर्ने निहू पनि बनेको छ । तर चलेका ती हल्लामा कुनै सत्यता नरहेको सम्बन्धीत पक्षले जानकारी गराएका छन् ।कुरा हो प्रदिप उदयको चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' को बारेमा फैलाईएको हल्ला । हल्ला अनुसार आउदो भाईटीकाको दिनदेखि रिलिज हुने सो चलचित्र भर्खरै रिलिज भएको चलचित्र 'मेरो राजेश दाई' को कथासंग मेल खान्छ रे ! जुन कुरामा एक रत्ति सत्यता नरहेको निर्माता उदयले दावी गरेका छन् ।चलचित्र 'मेरो राजेश दाई' दाजुभाईको कथामा आधिरित चलचित्र भएकाले...
'हाम्रो माया जुनी जुनीलाई' मा पनि त्यस्तै कथा समेटिएको भन्दै केही ब्यक्तिले आफ्नो फिल्मको प्रोमोशनमा धक्का पुर्याउने चाल चलेको प्रदिप बताउछन् । जुन चालबाट आफूलाई कुनै फरक नपर्ने उनको भनाई छ ।
'हाम्रो माया जुनी जुनीलाई' मा पनि त्यस्तै कथा समेटिएको भन्दै केही ब्यक्तिले आफ्नो फिल्मको प्रोमोशनमा धक्का पुर्याउने चाल चलेको प्रदिप बताउछन् । जुन चालबाट आफूलाई कुनै फरक नपर्ने उनको भनाई छ ।
'मेरो निर्देशकले 'मेरो राजेश दाई' भन्ने फिल्म हेरेका छन् त्यसैले त्यो फिल्ममा दाजुभाईको प्रशंग थियो भन्दैमा मेरो सिनेमाको कथा त्यो सिनेमासंग मेल खान्छ भन्नु हास्यास्पद हो', उनी फेरी भन्छन्, 'मेरो चलचित्रमा पनि दाजु भाईको कथा छ तर फिल्म नै नहेरी त्यस चलचित्रसंग मिल्यो भन्नु सरासर आफ्नो फिल्मलाई असर गर्न फैलाएको कदम हुन सक्छ ।'
संसारमा एउटै विषयमा सयौ फिल्म बनेका हुन्छन् तर घटना भने भिन्नै हुन्छन् र प्रस्तुती पनि भिन्नै' प्रदिपले भने, 'यदि यो कुरालाई कसैले गलत भन्छ भने फिल्म रिलिज भएपछी यस्तो हल्ला फैलाउने ब्यक्ति आफै गलत सावित हुनेछ ।' तर त्यो हल्ला फैलाउने ब्यक्ति को हो भन्ने कुरा उनले खुलाउन चाहेनन् । 'हाम्रो माया जुनी जुनीलाई' मा मुकेश ढकाल र श्रीकृष्ण श्रेष्ठ दाजुभाईको भूमिकामा रहेको बताईएको छ, स्रोत: फिल्मीखबर
















Nepalese Rupee Converter
