चलचित्र 'अन्दाज' लाई दशैं कै अवसरमा रिलिज गर्ने

हरेक पटक चाडबाडको समय मिलाएर चलचित्र रिलिज गर्ने निर्माता मध्येका एक हुन् छबिराज ओझा । गत बर्ष आफ्नै होम प्रोडक्सनको चलचित्र 'कस्ले चोर्‍यो मेरो मन' दशैंको अवसर पारेर छबिले रिलिज गरेका थिए । यस पटक पनि आफ्नै निर्माणमा बनेको चलचित्र 'अन्दाज' लाई दशैं कै अवसरमा रिलिज गर्दैछन् ।छबिराज ओझाको साथमा अशोक शर्मा र उज्ज्वल घिमिरेले संयुक्त रूपमा निर्माण गरेको चलचित्र 'अन्दाज' फूलपातीको दिन अर्थात असोज १६ गतेबाट मोफसलका हलहरूमा लाग्दैछ । काठमाण्डौमा भने टिकाको भोली पल्ट अर्थात असोज २० गते रिलिज हुँदैछ । रिलिजको समय नजिकिंदै गर्दा चलचित्रको प्रचार प्रसारलाई निकै तिब्रपारिएको...

 छ । अहिले डिसियन सर्भर जडित हलहरूको साथमा अधिकांश इलेक्ट्रोनिक मिडियामा सो चलचित्रको गीत तथा प्रोमो घन्किरहेको छ । फिल्मीखबर डटकममा पनि यस चलचित्रको गीत र प्रोमो प्रस्तुत गरिएको छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित सो चलचित्रलाई डिसिएनले रिलिज गर्दैछ । रेखा थापा, जीवन लुईटेल र सबिन श्रेष्ठको मुख्य भुमिका रहेको चलचित्र 'अन्दाज' लाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । काठमाण्डौ, पोखरा, जोमसोम, सिन्धुली, लुम्बिनी, चितवन लगायतका स्थानमा छायाँकन गरिएको चलचित्र 'अन्दाज' बाट सबिन श्रेष्ठले नायकको रूपमा डेब्यू गरेका हुन् ।

चलचित्रमा बसन्त सापकोटाको संगीत, कविराज गहतराज र शंकर बिसीको नृत्य, बिष्णु कल्पितको छायाँकन तथा राजेन्द्र खड्गीको द्वन्द रहने छ । चलचित्रको कथा सुबास सिंह बस्न्यातले लेखेका हुन् । स्रोत: फिल्मी खबर 
Namastesansarfilmykhabar © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute