मनीषा कोइराला फेरी अर्को फेसबुक स्टाटस फन्डामा फसिन

मनिषा कोइराला, पहिले यो नाम सुन्दरतासँग जोडिन्थ्यो । त्यो बेला कायम रह्यो जबसम्म उनले एक जना व्यापारीसँग विहे गरिन् । त्यसपछि यो नाम विवादास्पद परिवारको एक महिला भनेर चिनिन थाल्यो । परिवार विग्रेका धेरै नेपाली महिला त छन् तर यो चर्चाको अवसर सबैलाई जुर्दैन, मनिषा सुन्दरी हिरोइन भएको हुनाले अझै पनि उनको चर्चा गर्न छोडिदैन ।पारिवारिक खटपटले कहिले घर छोड्ने त कहिले आत्महत्याको प्रयास गरेको भनेर हाम्रै सोलिडारिटी खबरले समाचार प्रकाशित गर्दै आएको छ । फेरि उनको अहिले चर्चा छ । नेपाली बजारमा होइन, भारतीय पत्रपत्रिकामा ।अभिनेत्री कोइरालाको वैवाहिक जीवन पुनः एकपटक चर्चामा... 


छ । ब्यावसायी सम्राट दाहालसँग पछिल्लो वर्ष विहे गरेकी मनीषाको हनिमुन लगत्तै वैवाहिक संकटका खबरहरु आउन थालेका थिए । मामला त यहाँसम्म पुगेको थियो कि सम्बन्धविच्छेद गर्न भन्दै रिसाएर घर छाड्दै मनीषा मुम्बइ पुगेकी थिइन् । तर, मामिला सुल्झिएजस्तो देखियो र सम्राटले माफी मागेपछि उनी घर फर्किइन् ।
तर, खबरहरुलाई विश्वास गर्ने हो भने मनीषाको वैवाहिक जीवन ठीकसँग चलिरहेको छैन । यसअघि पनि


 फेसबुकमा आफू विवाहप्रति वाक्क भैसकेको कुरा फेसबुकमा लेखेर गसिपमा मुछिएकी मनीषा फेरी अर्को यस्तै फेसबुक स्टाटस फन्डामा फसेकी छिन् । उनले लेखेकी छिन् -’मेरो पति मेरै दुश्मन बनेका छन् । कुनै महिलाका लागि यो भन्दा दुःखदायी खबर के हुनसक्छ ?’ भारतीय अनलाइन म्यागजिन दैनिक भास्करले पनि मनीषाको पछिल्लो फेसबुक स्टाटसलाई लिएर समाचार लेखेको छ ।
पहिलेजस्तै पछिल्लो पोस्टलाई पनि मनीषाले हटाइदिएकी छिन् । ‘सबै कुरा रिसमा लेखेकी थिएँ तर अहिले सबैकुरा ठीकठाक छ’ मनीषाले स्टाटस लेखेकी छिन् । दैनिक भास्करले यो न्यूज लेखेपछि मनीषाको वैवाहिक जीवनबारे फेरि भारतीय मिडियाहरुले उनलाई पछ्याउन थालेका छन् । मनीषा यतिबेला नेपालस्थित घरमा छिन् र नियमित ओशो तपोवनमा जान्छिन् ।
Namastesansarfilmykhabar © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute