ऋचा घिमिरे आफ्नो चलचित्र ब्रेक फेलको प्रचारमा ब्यस्त

चारैतिर तीजको रमझम सुरु भएपछि नायिकाहरु पनि तीज मनाउन ब्यस्त छन् । तर नायिका ऋचा घिमिरेलाई भने तीजको रौनकले छोएको छैन । प्रायः जसो नायिकाहरु तीजको अवसरमा आयोजना गरिएका बिभिन्न दर खाने कार्यक्रममा उपस्थित भएर नाचगान गरिरहेका छन् तर ऋचा भने आफ्नो पछिल्लो चलचित्र ब्रेक फेलको काममै व्यस्त छिन् ।यहि भाद्र १६ गते रिलिज हुन लागेको चलचित्र ब्रेक फेल रिलिजको अन्तिम तयारी गरिरहेको ऋचाले यस बर्षको तीज भने खल्लो हुने बताईन् । यस बर्षको तीजमा नाचगान गर्न नपाए पनि उनलाई खासै गुनासो छैन । किनकी उनी आफ्नै मेघाप्रोजेक्टको चलचित्र ब्रेक फेलकै काममा रमाईरहेकी... 


छिन् । अहिले चलचित्रको प्रचारमा ब्यस्त रहेको जनाउदै ऋचाले आफ्ना लागी यो बर्षको तीज ब्रेक फेल मय हुने बताईन् ।

तीजका अवसरमा आयोजना गरिने बिभिन्न दर खाने कार्यक्रमहरुबाट निम्तो पाए पनि उनले ति कार्यक्रमहरुमा सहभागिता जनाउन नसक्ने बताईन् ।  तीजको दिन भने मज्जाले नाच्ने ऋचाको भनाई छ । तीजको दिनमा भने उनि रातो साडी लगाएर नाच्ने सोचाइमा रहेकी छन् । गरगहनाहरु तयारी अवस्थामा नै रहेको जानकारी दिदै ऋचाले तीजकै लागी भनेर रातो साडी समेत किनीसकेको बताईन् ।

ब्रेक फेल आफ्नो महत्वकाँक्षी चलचित्र भएको जनाउदै ऋचाले त्यहि अनरुपको मेहनत गरेको जनाएकी छन् । उनले चलचित्र ब्रेक फेलमा समाजका हरेक पात्रहरुको जिवन्त चित्रण गरिएको जनाएकी छन् । शंकर घिमिरेले निर्देशन गरेको यो चलचित्र एक करोड भन्दा बढिको लागतमा निर्माण गरिएको ऋचाको दाबी छ । यस चलचित्रमा शिवहरी कार्की, मनोजकुमार घिमिरे तथा प्रदीप सिंहको पनि लगानी रहेको छ । स्रोत: फिल्मी खबर
Namastesansarfilmykhabar © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute