करिनाले गरिन आफ्नो करियरकै सबैभन्दा बढी रकमको माग

बलिउड बेबो करिनाले मार्च २०१२ बाट शुटिङ हुने भनिएको माधुर भण्डारकारको नयाँ फिल्म ‘हिरोइन’ खेल्न राजी भएको सुन्नमा आएको छ । यद्यपी यो कहाँसम्म सत्य हो, त्यो भने यकिन भैसकेको छैन । एक स्रोतले जनाएअनुसार करिनाले फिल्मको लागि आफ्नो करियरकै सबैभन्दा बढी रकमको माग गरेकी छिन् । करिनाले उक्त प्रोजेक्टको लागि भारु दश करोड भए मात्र हिरोइन बन्ने सर्त राखेको हल्ला बाहिर आएको छ ।करिनाले प्रस्ताव गरेको रकम अहिलेसम्म अरु बलिउड नायिकाहरुले माग्ने आट गर्न सकेका छैनन् । करिनाको यो हिम्मतलाई भने मान्नै पर्छ । ‘अन्य हिरोइनलाई दिइनेभन्दा धेरै बढी रकम करिनालाई दिन यूटीभी सकारात्मक... 

छ,’ करिनानिकट स्रोतले खुलासा गरे । तर दश करोड नै दिने सहमती भने नभएको बुझिएको छ ।माधुर र यूटीभीको लागि ‘हेरोइन’ अहिले गौरबको प्रोजेक्ट बनेको छ । मोटो दामको माग भएपछि सुरुमा करिनालाई लिने निर्णयबाट पछि हटेर माधुरले ऐश्वर्य राय बच्चनलाई लिएका छन् । ऐश्वर्य गर्भवती भएकाले फिल्मको शुटिङ अहिले रोकिएको छ । यसले निर्माण पक्षलगायत ऐश्वर्यलाई पनि चिन्तित बनाएको छ । तर करिनालाई भने आफ्नो रेकर्ड पारिश्रमिक माग्ने सुनौलो अवसर मिलेको छ ।
राखीले गरिन् ७२ लाखको शपिङ
राखी सावन्तले एक पटक फेरि धेरैको निद उडाउने काम गरेकी छिन् । भारतीय टेलिभिजनमार्फत चाडै नै प्रसारण हुन गइरहेको कार्यक्रम ‘गजब देशकी अजब कहानिया’ को तयारीमा जुटकी राखीले पहिरनका लागि मात्र ७२ लाखको अडर गरेपछि च्यानलका अधिकारीहरुलाई पर्नु पिर परेको छ । बिल जब घर आइपुग्यो, च्यानल मालिकलाई ठूलो झडका लाग्यो । राखी र च्यानलबीचमा भने अडर बिलको आधा रकम खर्च गर्ने सहमती भएको खुल्न आएको छ ।राखीको यो साहसलाई त मान्नै पर्छ । च्यानल मालिकले थोरै पैसा खर्च गर्न गरेको आग्रहलाई उनले ठाडै अस्विकार गरेकी थिइन् । कैयौं कलाकारहरु जागिरका लागि नातावाद र कृपावादको बाटोमा लागि रहेका बेलामा राखी भने घुर्की दिइरहेकी छिन् ।

निकै तामझामका साथ प्रचार-प्रसार गरिएको राखीको यो कार्यक्रम नयाँ भने होइन । ‘राखीका इन्साफ’ नामक पुरानै कार्यक्रमको न्वारन गरी नाम मात्र परिवर्तन गरिएको हो । पहिले झै यस कार्यक्रममा पनि राखी आमजनतालाई उनीहरुको समस्या सावधानका लागि प्रयासरत रहेको देख्न पाइनेछ । पहिरनमा मात्र यति धेरै रकम खर्च गरिएको यो कार्यक्रममा राखी कस्तो देखिन्छिन् होला ? यसले धेरैको मनमा राखीको नयाँ रुप हेर्ने इच्छा झन बढाएको छ ।स्रोत: अनलाइन खबर 
Namastesansarfilmykhabar © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute