मिस यू' को सेक्सी जोडी नम्रता श्रेष्ठ र मोडल बरूण राणा

गायिका मल्लिका कार्कीले गाएको 'यति धेरै मान्छेहरूको भिडमा एउटा मान्छे छ मेरो मनमा...' बोलको गीतबाट चर्चामा आएको जोडी हो नायिका नम्रता श्रेष्ठ र बरूण राणा । गायिका कार्कीले गीत गाए जस्तै यो जोडी पनि मान्छेहरूको भिडमा एउटा उदाहरण बन्न सक्छ ।नायिका श्रेष्ठ र मोडल राणाको पहिलो भेट चलचित्र 'सानो संसार' को प्रि-प्रोडक्सनका बेला भएको हो । त्यो बेला निर्देशक आलोक नेम्वाङको साथमा आएका राणाले नायिका श्रेष्ठसँग परिचय गर्ने मौका पाए । मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी नम्रतासँगको परिचयसँगै यि दुईको मित्रताको गाँठो कसिन थालेको हो । जब गायिका मल्लिका कार्कीको माथी उल्लेखित गीतमा...


नम्रता र बरूणले अभिनय गरे तब देखि झन् यि दुईको मित्रताले गाढा रूप लियो । त्यसपछि त नम्रता र बरूण उदाहरणिय साथी बन्न थाले ।

यहि गीतमा यो जोडिको केमेस्ट्री मिलेको देखेर नै निर्देशक सुरेशदर्पण पोखरेलले आफ्नो चलचित्र 'मिस यू' मा मोडल बरूण राणालाई ब्रेक दिए भने नायिका श्रेष्ठलाई रि-ईन्ट्री गराए । चलचित्र 'मिस यू' मा यो जोडी प्रेमी प्रेमीकाको रूपमा प्रस्तुत भएका छन् । मिस यू को स्लोगनलाई नै आधार मान्ने हो भने 'They are made for each other' . अझ मिस यू डेब्यू नायक राणा यस चलचित्रमा नम्रतासंगको आफ्नो जोडीलाई 'सेक्सी जोडी' को संज्ञा दिन्छन् । तर रियल लाईफमा भने त्यस्तो नभएर एउटा राम्रो फ्रेन्डसिप भएको राणाको भनाई छ ।

मल्लिका कार्कीको गीतसँगै बिकास राणाको 'लुकेर लाएको माया...' र अञ्जु पन्तको 'को भन्छ पहिलो माया अजम्बरी हुन्छ...' बोलको गीतमा बरूणसँग अनस्क्रिन रोमान्स गरेकी नम्रताले बरूणसँगको मित्रता एउटा उदाहरण बन्ने दाबी गर्छिन् । उनी भन्छिन्, 'बरूणसँग हिड्न, काम गर्न मलाई सहज हुन्छ । उ मेरो प्रिय साथी हो । मैले उसँग लाईफको दु:ख सुख साट्ने गर्छु ।' रियल लाईफको जस्तै मित्रता चलचित्र मिस यूमा पनि देख्न सकिने भन्दै नम्रता थप्छिन्, 'दर्शकहरूले यो चलचित्र हेरेपछि मित्रताको बारेमा बुझ्नु हुन्छ ।'निर्देशक पोखरेलले पनि यो जोडी आफ्नो चलचित्र 'मिस यू' कै लागि बनेको बताउँछन् । दुबैको कामबाट सन्तुष्ट रहेका निर्देशक पोखरेलले नम्रता र बरूणबाट मित्रताको पाठ सिक्न आग्रह पनि गर्छन् । नम्रता र बरूणको रियल लाईफको फ्रेन्डसिप दर्शकले देख्न र महसुस गर्न नसके पनि दिलिप रायमाझीले निर्माण गरेको चलचित्र 'मिस यू' मा भने पक्कै देख्न र महसुस गर्नुहुनेछ । अनि मिस गर्नुहुनेछ आफ्नो जीवनको अमूल्य पललाई । स्रोत:फिल्मी खबर 
Namastesansarfilmykhabar © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute