करिनाको ‘चमेली’ रुप संग्राहलयमा राखिने

हरेक कलाकारको आ-आफ्नै संघर्षका कथा हुन्छन् । एकै रातमा सफल हुने कलाकार संसारमा सायदै होलान । यसमा बलिउडकी नायिका करिना कपुर अपबाद हुने त कुरै आउदैन । कुनै समय थियो, जब करिना फिल्म अफरको लागि निकै चिन्तित हुने गर्दथिन् । हाल निकै ब्यस्त रहेकी करिनालाई यो त बिगत भैसकेको छ । करिनाको करियरमा ‘चमेली’ फिल्मले नाटकियरुपमा सफलताको नयाँ मोड ल्याएको थियो । यसै फिल्ममा उत्कृष्ट अभिनयको लागि करिनाले निकै अवार्डहरु पनि हात पारेकी थिइन् । यसपछि असंख्य दर्शक तथा फ्यानले उनीलाई ट्यालेन्टेड स्टारको रुपमा समेत चिन्न थाले । हुँदाहुँदा चमेलीमा देखिएकी करिनाको रुपलाई मुर्तिमा उतारेर... 


लण्डनस्थित मेडम टुसाउड्स संग्राहलयमा राखिने भएको छ ।

‘संग्राहलयमा राख्न करिनाको धेरै रुपबारे छलफल भएको थियो,’ करिना निकटतम स्रोतले भन्यो, ‘तर चमेलीमा देखिएकी करिनालाई सबैभन्दा बढी मत प्राप्त भयो ।’ अन्तराष्ट्रिय फोरम भएकोले करिनाको भारतीय पहिरनलाई समेत विशेष ध्यान दिइएको थियो । उक्त मुर्ति मैनबत्तीले बनाइने संग्राहलयका एक अधिकारीले बताए ।

संग्रालय अधिकारीहरुले करिनाको नाप लिइ मुर्ति बनाउन थालिसकेका छन् । शाहिद कपुरसँगको ब्रेकअप पछि पछिल्लो समय सैफली खानको अंगालोमा बाधिन पुगेकी करिनाको लण्डनमा धेरै भारतीय फ्यानहरु रहेका छन् । आफ्नो मुर्तिको अनावरण गर्न करिना अक्टोबरमा लण्डनतर्फ उड्ने कार्यक्रम छ । स्रोत: अनलाइन खबर 
Namastesansarfilmykhabar © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute