बलिउड नायिका प्रियङका चोपडालाई ‘ड्रिम गर्ल’ कल्पना गर्ने हजारौ होलान् । रुपले धपक्कै बलेकी यस्ती सुन्दरीलाई बिहे गर्न नचाहने को होला र ? पछिल्लो समयमा भारतीय टीभी च्यानलद्वारा प्रसारित रियालिटी शोहरुमा प्रियङ्काले धेरै पटक नक्कली बिवाह गरी सकेकी छिन् । फिल्मभित्रको त कुरै छाडौं । तर प्रियङ्काले वास्तविक जीवनमा भने असली लाइफ पार्टनर नभेटेको बताइन् । आफू आजै बिहे गर्न तयार भए पनि सपनाको राजकुमार भेटी नसकेको उनले बताइन् ।तपाईलाई कस्तो वर चाहिएको छ ? भन्ने प्रश्नमा पि्रयङ्काले केबल आफूलाई धेरै चाहने अनि माया गर्ने पार्टनर हुनुपर्ने बताइन् । सामान्य युवतीहरुलाई जस्तै हिरा अति नै...
बढी मन पर्ने उनको भनाइ छ । कुन्दन जडान गरिएको गहना पनि मन पर्ने प्रियङ्काले थपिन् । फिल्म क्षेत्रमा प्रवेसपछि पहिलो कमाइले १.५ करेटको हिरा किनेको सम्झना उनलाई अझै ताजा छ । उक्त हिरा अहिले पनि उत्तिकै प्यारो छ प्रियङ्कलाई ।
बढी मन पर्ने उनको भनाइ छ । कुन्दन जडान गरिएको गहना पनि मन पर्ने प्रियङ्काले थपिन् । फिल्म क्षेत्रमा प्रवेसपछि पहिलो कमाइले १.५ करेटको हिरा किनेको सम्झना उनलाई अझै ताजा छ । उक्त हिरा अहिले पनि उत्तिकै प्यारो छ प्रियङ्कलाई ।
लाखौ फ्यानको धनकन बनेकी प्रियङ्लाई उनले अभिनय गरको फिल्मको प्रसङ्गमा छेडछाड हुनु सामान्य घटना बनेको छ । यसलाई उनी दर्शकको मायाको चिनोको रुपमा लिन्छिन् । डन-२ को शुटिङ भर्खरै सिध्याएकी पि्रयङ्का अहिले ‘बर्फी’मा ब्यस्त छिन् । बहुचर्चित फिल्म डन-२ को शुटिङ्को दौरानमा बलिउडका अर्का बादशाहा नायक शाहरुख खान, फरहान अख्तरलगायत पुरै टिमसँगको काम गर्दा निकै मजा आएको उनले बताइन् । बलिउड फिल्म उद्योगमा निकै सफल बनेकी प्रियङ्का आफ्नो जीवन साथी पाउन कहिले सफल हुन्छिन्, त्यसको लागि भने केहि समय अझै कुर्नु पर्ने छ ।
‘मुनी बदनाम हुइ’ को नयाँ गिनिज रेकर्ड
यस वर्षको सर्वोत्कृष्ट फिल्म बन्न सफल ‘दबङ्ग’ को ‘मुनी बदनाम हुइ’ नामक गितले नयाँ इतिहास रचेको छ । १२ सय भन्दा बढी मानिसहरुले एकैपटक ३ मिनेट लामो उक्त आइटम सङमा नाँचेपछि गिनिज बुक अफ वल्र्ड रेकर्डमा नयाँ किर्तिमान बनेको हो । यस गितमा मलैका अरोराको सेक्सी नृत्य रहेको छ ।बलिउड फिल्मको प्रचार प्रसार तथा प्रवद्वनका लागि अष्ट्रेलियाको मेलवर्न पार्कमा हालै आयोजना गरिएको इन्डिया फिल्म फेस्टिभल २०११ मा अहिलेसम्मकै सबैभन्दा धेरै दर्शकहरुले एकैसाथ अनि एउटै स्टेपमा नाचेका थिए । नया रेकर्डसगै समारोहमा उपस्थित मुनी अर्थात मलैकालाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । श्रीमान अर्बाज खान र छोराहरुसाग उनी कार्यक्रममा सरिक भएकी थिइन् ।
‘यति धेरै मानिसहरु एकै ठाउँमा एउटै तालमा नाचेका देख्दा निकै खुसी लाग्यो,’ कार्यक्रमका आयोजक निर्देशक मितु भोमिक लंगेले बताए । यसअघि सिंगापुरमा १ हजार ८ जनाले एउटा गीतमा सामूहिक नृत्य गरी राखेको रेकर्ड ‘मुनी बदनाम हुइले’ तोडेको हो ।