प्रेमी बन्न कैटरिनाको खुल्ला आह्वान

पछिल्लो समय कैटरिना कैफ आफ्नो पार्टनर नभएको बताउँदै आएकी छन् । कैटरिनाको नाम पहिले सलमान खानसाग जोडिएको थियो । सलमानसागको बे्रकअपपछि कैटरिनाले अर्का हृयान्डसम नायक रणबीर कपुरसाग हेलमेल बढाएकी थिइन् । तर किन हो दुबै नायकहरुसाग कैटरिनाको सम्बन्ध जम्न सकेन । सायद त्यसैले होला आफ्नो कोहि पनि प्रेमी नरहेको बताउादै कैटरिना अहिले नयाँ ब्वाइफ्रेन्डलाई खुला निम्तो दिइरहेकी छन् । तर रुपवान, मिलनसार स्वभावकी कैटरिनालाई सिंगलबाट डबल हुन धेरै समय भने नलाग्ला । एक एअरलाइन्स कम्पनीको बिज्ञापनको लागि ब्राण्ड एम्बेस्डरमा मनोनित भएकी कैटरिनाले उक्त ...


एअरलाइन्सले हरेक सिंगल युवतीहरुलाई गन्तब्यतर्फ सुरक्षित र आरामदायी यात्राको ग्यारेन्टी समेत दिने बताइन् । एअरलाइन्सको बिज्ञापन सार्वजनिक गर्न आयोजित समारोहमा बोल्दै कैटरिनाले आफू एक्लो रहेर जीवनमा मज्जा लिइरहेजस्तै एअरलाइन्सले पनि हरेक ग्राहकलाई आरामदायी सुविधा दिने बताइन् ।
सार्वजनिक कार्यक्रममार्फत जोडतोडका साथ आफू एक्लो रहेको बताउने कैटरिनाले आफ्नो सिंगल स्टाटस मात्र प्रष्ट पारेकी छैनन् । परोक्षरुपमा उनले नयाँ ब्वाइ फ्रेन्डलाई समेत आफ्नो जीवनमा चाँडै आउन निमन्त्रणा गरिरहेको जस्तो भान हुन्छ ।

दबङले पायो राष्ट्रिय अवार्ड

भारतीय बलिउड उद्योगको बहुचर्चित ‘राष्ट्रिय अर्वाड’ एक विशेष समारोहबीच सम्पन्न भएको छ । यस वर्षको राष्ट्रिय अवार्डअन्र्तगत सबैभन्दा मनोरञ्जनात्मक फिल्मको अवार्ड सलमान खानको ‘दबंग’ ले पाएको छ । आफ्नो फिल्म हिट हुँदा सलमान खुसी नहुने त कुरै भएन । तर मनको कुनै कुनामा सलमानलाई अलिकति मन चाहि दुखेकै हुनुपर्छ । कारण हो सलमानले सर्वोत्कृष्ट नायक वा अन्य कुनै अवार्ड हात पार्न असफल रहे ।उत्कृष्ट नायिकाको अर्वाड जितेपछि समारोहमा मितली जग्तब भरदर र सरन्य पि्रभननको अनुहारमा खुसीको चमक देखिन्थ्यो । त्यस्तै, धनुष र शलिमकुमार उत्कृष्ट नायकको अर्वाड लिएर आफ्नो घर फर्किर्ए । गौतम घोसको ‘मोनर मनुष’ ले राष्ट्रिय एकतातर्फ सर्वोत्कृष्ट फिल्म अवार्ड जितेको छ भने ‘अदमिन्ते मकन अभु’ ले सर्वोत्कृष्ट फिचर फिल्मको । सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘च्याम्पियन्स’ ले यसै विधामा सर्वोत्कृष्ट फिल्म बन्न सफल भएको छ ।

 इस्किया फिल्मको लागि रेखा भरद्वजले बेस्ट प्लेब्याक सिङ्गर अवार्ड हात पारिन् । बेतरीमारनले तमिल फिल्म ‘आदुकुलम’ को लागि सर्वोत्कृष्ट निर्देशक बनेका छन् । ५८ औं राष्ट्रिय अवार्ड संस्करणमा फिल्म क्षेत्रका चीरपरिचित कलाकारलगायत अन्य विशिष्ट ब्यक्तित्वहरुको उपस्थिती थियो ।
Namastesansarfilmykhabar © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute