बलिउड सुन्दरी तर नेपालकी छोरी मनिषा कोइरालाले ‘माइ ग्रेन्डमदर’ नामक नेपाली चलचित्र बनाउने भएकी छन् । उनको हजुरआमाको जीवनबारे आधारित रहेर मनिषाले सिनेमा बनाउन लागेकी हुन् ।एक भारतीय दैनिकले जनाएअनुसार मनिषाले नेपाली चलचित्रलाई उँभो लाउने अठोटले एउटा स्तरीय नेपाली सिनेमा बनाउन लागेकी हुन् । गत वर्ष सम्राट दाहालसँग लभ म्यारिज गरेकी मनिषाले कहिलेसम्ममा फिल्म बनाइसक्ने हुन् त्योबारेको यथार्थ बाहिर आएको छैन । विहे गरेको पुगनपुग एक वर्ष नहुँदै उनले पती सम्राट दाहालसँग डिभोर्स गर्ने समाचारहरु संचारमाध्यममा लगालग आइरहेका छन् । मनिषा आफ्नै घरायसी...
समस्याको चपेटामा परेकोले उनले.आफ्नो सिनेमाबारे अनुसन्धान गर्न सकिरहेकी छैनन् ।मनिषाले बनाउने 'माइ ग्रेन्डमदर' चलचित्रबारे हामीले पाठकहरुलाई फेरि जानकारी गराउनेछौँ ।
समस्याको चपेटामा परेकोले उनले.आफ्नो सिनेमाबारे अनुसन्धान गर्न सकिरहेकी छैनन् ।मनिषाले बनाउने 'माइ ग्रेन्डमदर' चलचित्रबारे हामीले पाठकहरुलाई फेरि जानकारी गराउनेछौँ ।
गत वर्ष विहे गरेकी बलिउड सुन्दरी मनिषा कोइरालाको वैवाहिक जीवनको चर्चाले बलिउड फेरि तातेको छ । फिल्मी जीवनका हिरो हिरोइनको जिन्दगीको कथा तिनीहरुको वास्तविक जीवनमा पनि उकालो ओरोलो भैरहन्छ । गत वर्ष उनले सम्राट दाहालसँग लगन गाँठो कसेपछि अहिले मनिषा पनि त्यही चपेटामा परिरहेकी छन् ।
बलिउड सिने न्यूज एजेन्सीहरुले प्राथमिकतामा राखेर जनाएअनुसार मनिषा र सम्राट अहिले आफूहरुको सम्बन्धलाई 'भुल्ने' योजनाअनुसार भारतको कुनै गुप्त स्थानमा छन्, 'अन्तिम छिनोफानो'को लागि । मनिषा यो सम्बन्धबाट असन्तुष्ट रहेकी र सम्राट भने मनिषालाई गुमाउन नचाहेको उल्लेख गर्दे भारतमा समाचारहरु प्रकाशित भैरहेका छन् । मनिषा आफैँले संचारमाध्यममा आएका समाचारहरु एसेप्ट नगरेपनि उनीहरुको सम्बन्धको आकाशमा कालो बादल मडारिन थालेको अनुमान भने धेरैले गरेका छन् । उनका फेसबुक स्टाटसहरुले पनि यी जोइपोइको सम्बन्धमा केही न केही गडबड भएको देखाउँछन् । गत वर्ष रिलिज भएको नेपाली मुभी 'धर्मा'मा देखिएकी थिइन यी नायिका । स्रोत: फिल्मी खबर