चलचित्र 'के यो माया हो' को सार्वजनिक प्रदर्शन

चलचित्र 'के यो माया हो' को सार्वजनिक प्रदर्शन शुक्रबारदेखि प्रारम्भ हुँदैछ। यो चलचित्रलाई युवा निर्देशक सुदर्शन थापाले निर्देशन गरेका हुन्। पोखरा तथा जोमसोमका रमणीय लोकेसनमा छायांकन गरिएको यो चलचित्रमा आर्यन सिग्देल, अरुणिमा लम्साल, सुष्मा कार्की, सौगात मल्ल, नीर शाह, किरण केसी, राजाराम पौडेल, केशव भट्टराई, कमल मैनाली, सविता गुरुङ आदि कलाकारले अभिनय गरेका छन्। सुगम पोखरेलद्वारा संगीतबद्ध चलचित्रका गीतमा सुगमका अतिरिक्त रेश्मा सुनुवार, प्राश्ना शाक्य आदिको पाश्र्व गायन छ। प्रदर्शन अगावै गीत-संगीत लोकप्रिय भैसकेको यो चलचित्रमा पोखरामा बसोबास गर्ने...


दुई जोडी युवा-युवतीको प्रेमजीवनलाई समेटिएको छ। चलचित्रका मुख्य चार पात्र आर्यन, सुष्मा, सौगात तथा अरुणीमाले क्रमशः राम-सीता, श्याम-गीताको भूमिका निर्वाह गरेका छन्। 

चलचित्रमा काठमाडौं तथा पोखराजस्ता ठूला सहरमा देखापरेको 'लिभ इन टुगेदर' कल्चरका राम्रा तथा नराम्रा पक्षहरूलाई उजागर गरिएको छ। चलचित्रमा राम, श्याम, गीता र सीता एउटै अफिसमा काम गर्छन्। नीर शाहले उनीहरूको हाकिमको भूमिका निर्वाह गरेका छन्। राम र सीता एक-अर्कालाई मन पराउँछन् तर उनीहरूलाई डेराको समस्या छ। श्याम र गीता पनि एक एक-अर्कालाई माया गर्छन् तर उनीहरूलाई बस्ने घरको समस्या छैन। सीतालाई उनका घरबेटी  किरण केसी तथा उनका छोराले एकतर्फी प्रेम गर्ने बताएपछि उनी उक्त घर छाड्न चाहन्छिन्। रामलाई पनि आमा-छोरी घरबेटीले हैरान बनाएका छन्। 


गीता र श्यामको सल्लाहपछि राम र सीता लिभ इन रिलेशनसीपमा बस्न सहमत हुन्छन्। अविवाहित राम र सीताको नयाँ सम्बन्धसँगै चलचित्रको कथाले नयाँ मोड लिन्छ। यो चलचित्रले युवा पुस्ताका दर्शकलाई लक्षित गरेको छ। 
Namastesansarfilmykhabar © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute