नेपाली चलचित्र पलको च्यारिटी देशभर गरिने

मुलुकको वर्तमान राजनीतिक माहोललाई चित्रण गरेर निर्माण गरिएको चलचित्र 'पल' लाई नेपाल जेसिसले देशभर च्यारिटी गर्ने भएको छ । देशका केहि बिकट जिल्ला बाहेक अन्य सबै जिल्लामा सो चलचित्रको च्यारिटी गरिने प्रोडक्सन म्यानेजर सुवास काफ्ले 'दु:खी' ले फिल्मीखबरलाई जानकारी दिए । बरिष्ठ लेखक कर्ण शाक्यको परिकल्पना, कथा पटकथा, सम्बाद र लेखन रहेको चलचित्र 'पल' यहि जेठ महिनाको १ गते देखि साउन महिनाको मसान्त सम्म देशभर च्यारिटी गरिने भएको छ । च्यारिटी गरेको केहि समयमा नै सो चलचित्रलाई सार्वजनिक प्रदर्शन गरिने बताईएको छ । चलचित्रलाई अमेरिकामा पनि प्रदर्शन गर्ने तयारी... 


गरिएको निर्मान युनिटले. जनाएको छ । जसका लागी अहिले अंग्रेजीमा सबटाईटलिङ गरिंदै छ । नेपाली राजनितिक, सामाजिक, आर्थिक र पारिवारिक परिवेशमा बनेको सो चलचित्रलाई रमेश बुढाथोकीले निर्देशन गरेका हुन् ।

गोपीकृष्ण मुभिज र बुद्धमाया प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र 'पल' मा राजबल्लभ कोइराला, निशा अधिकारी, तृप्ती नाडकर, रमेश बुढाथोकी, धिरेन शाक्य, अनुप बराल, नीर शाह, बसुन्धरा भुषाल, महादेव त्रिपाठी, दिनेश डिसी, लय संगौला, रवि खड्का, बिद्या कार्की, शैलजा पाण्डे, सानु ताम्राकार, बालकलाकार सारांशको साथमा अभिनेत्री करिष्मा मानन्धरको पनि बिशेष भुमिका रहेको छ । न्ह्यू बज्राचार्यको संगीत, किरण खरेलको गीत, राजु थापाको छायाँकन तथा रजनी पन्तको सम्पादन रहेको सो चलचित्रलाई राजु केसी, सुशिला शाक्य, चन्द्रमा राजकर्णिकार र उज्ज्वल पौडेलले निर्माण गरेका हुन् ।

चलचित्रको माध्यमबाट मानिसको सोचमा थुप्रै परिवर्तन ल्याउन सकिन्छ भन्ने कुरालाई ध्यानमा राखेर चलचित्र 'पल' को कथा लेखिएको लेखक शाक्य बताउँछन् । जीवनको यथार्थ घटनालाई समेटिएको भनिएको चलचित्र पलमा कुनैपनि अप्राकृतिक, अस्वाभाविक र असान्दर्भिक दृश्यहरूलाई नसमेटिएको लेखक शाक्यको भनाई छ । समय र सत्यका पलहरूलाई बुझ्न नसकेमा जीवनमा थुप्रै भूलहरू हुनसक्ने सन्देश यस चलचित्रले दिने शाक्यले बताए । स्रोत: फिल्मी खबर 
Namastesansarfilmykhabar © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute