भनेजस्तो केटो पाए जतिखेर पनि विवाह गर्छु-जेसिका खड्का

नायिका जेसिका खड्का अहिले एक्शन नायिका बन्ने सोचमा पुगेकी छन् । त्यसैले मास्रल आर्टको तालिम समेत सुरु गरेकी छन् । १५ दिनयता एक्शन नायिका बन्ने उद्देश्यका साथ दशरथ रंगशाला धाइरहेकी जेसिकाको पहिलो चलचित्र अचानक प्रर्दशनका तयारीमा रहेको छ । पछिल्लो चलचित्र जंगल क्वीन प्रदर्शन भइसकेका पनि निर्माणपक्षको ढिलाइले अचानक चैतको पहिलो साताबाट मात्र प्रर्दशनमा आउँने भएको हो । सो चलचित्रबाट जेसिका आशावादी छिन् । अचानकमा भनेजस्तो र सोचेजस्तो भूमिका गरेकी छु जेसिकाले भनिन् मेहनत गरेर भूमिकाको न्याय गरेकी छु जस्तो पनि लाग्छ त्यसैले अपेक्षित पनि छु । यिनै आशावादी ...

नायिका जेसिकासँगको जम्का भेट ।

अहिले के गर्दै हुनुहन्छ नि ?
- भर्खरै दुइ चलचित्र सिध्याएँ । लक्की सेभेन र कसले बनायो माया सकेर अहिले घरमै बसेकी छु । 
काम गरिरहे पनि अहिले ओझेलमा किन ?
- मेरै कारणले ओझेलमा परेकी हुँ । मिडियादेखि अलि टाढा बस्ने सोचले नै ओझेलमा परेकी हुँ । तैमाथि चर्चामा आउनलाई त्यति धेरै काम पनि गरेकी छैन । 
अचानक प्रदर्शनको तयारीमा छ यो चलचित्रबाट कस्तो अपेक्षा लिनु भएको छ ?
- यो चलचित्र मेरो पहिलो चलचित्र पनि हो । जंगल क्वीन प्रदर्शनका भइसके पनि मैले यसै चलचित्रमार्फत ठूलो पर्दाको करिअर सुरु गरेकी हुँ । अचानकमा मैले भनेजस्तो सोचेजस्तो भूमिका गरेकीले पनि अपेक्षित छु ।
कस्तो किसिमको भूमिका निर्वाह गर्नु भएको छ त ?
- एउटी नारीले वास्तविक जीवनमा भोग्नु पर्ने उताव- चढावको भूमिका निभाएकी छु । ताकि मैले यो चलचित्रमा अचानक नै यस्तो भूमिका गर्न पाएँ । भूमिका अनुसार मैले न्याय पनि गरेकी छु जस्तो लाग्छ ।
फस्रदका दिन कसरी बिताउँनु हुन्छ ?
- म अहिले मास्रल आर्टको तालिम लिइरहेकी छु । त्यसैले दशरथ रंगशाला जान्छु । अरु बेला टिभी र चलचित्र हेरेर बस्छु ।
मास्रल आर्ट सिक्नुको उद्देश्य के हो ?
- पहिलो कुरा त आफ्नो सुरक्षाको लागि हो । अर्को एक्शन नायिका बन्ने उद्देश्यले पनि हो ।
ग्ल्यामस्र बिक्ने क्षेत्रमा एक्शन किन रोज्नुभएको नि ?
- सबैले एउटै किसिमको भूमिका गरेर मात्र पनि त हुँदैन । अरु एक्शन नायिका नभएकोले पनि म एक्शन बन्ने सोच बनाएकी हुँ । म एक्शन भूमिकालाई न्याय दिनसक्छु जस्तो पनि लाग्छ ।
सक्षम नायिका हुनका लागि के के चाहिन्छ ?
- शिक्षा मेहनत त्याग लगनशिलताले नै सक्षम नायिका बनाउँछ । र आफूमा आत्माविश्वास पनि हुनुपर्छ ।
सुन्दरता आवश्यक छ कि छैन ?
- सुन्दरता त झनै आवश्यक पर्छ । सबै कुरा मिल्यो भने त सफल भइने हो नि ।
आफूलाई कतिको सुन्दर लाग्छ नि ?
- ठिक ठिकै । छ्रया नै भन्ने खालको त छुइनँ जस्तो लाग्छ ।
अहिले कति वर्ष पुग्नु भयो ?
- अहिले २० वर्षमा हिडिरहेकी छु ।
नायिका त्यसमाथि २० वर्षे जोवन प्रेम अफरको त ओइरो नै लाग्छ होला नि ?
- प्रेमको अफर त आइहाल्छ नि । तर आजसम्म कसैको प्रेम स्विकारेकी छैन । किनकी यो मेरो करिअर बनाउँने समय हो ।
त्यसो भए तत्काल विहे गर्ने सोच छैन होइन त ?
- मन मिल्ने र मायाँ गर्ने मान्छे पनि भेट्नु पर् यो नि । यदी भनेजस्तो पाएँ भने जतिखेर पनि बिहे गर्नु सक्छु ।
नयाँ सोच के छ ?
- त्यस्तो विशेष नै त छैन बीचमा ब्रेक भएको अध्ययनलाई पनि निरन्तरता दिने सोच बनाएकी छु । संघर्ष गर्दै जाने हो । एक दिन सफल र कुसल नायिका बन्ने अठोट लिएकी छु । स्रोत: नेपाल ब्रिटेन 
Namastesansarfilmykhabar © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute